Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति, कार्यक्रम ल्याएको छ । आज भएको गाउँसभाको नवौं अधिवेशनमा गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । गाउँपालिकाले आवासिय नमुना विद्यालय संचालन गर्ने भएको छ ।

गाउँपालिका भित्रका अशक्त, अभिभावक विहिन र सीमान्तकृत बालबालिकाका लागि गाउँपालिकाले आवासिय सुविधा सहितको विद्यालय खोल्ने योजनालाई नीति कार्यक्रममा समावेश गरेको छ । यसबाट कोही पनि बालबालिका शिक्षाको पहुँचबाट टाढा रहनु नपर्ने गाउँपालिकाको विश्वास छ ।

त्यस्तै निःशुल्क, अनिबार्य र प्रविधिमैत्री शिक्षामा जोड दिने, बिद्यार्थी संख्या र सरकारको मापदण्ड अनुसार शिक्षक दरबन्दी मिलान गर्ने, विद्यालयमा योग शिक्षा संचालन गर्ने, खेलकुद र अतिरिक्त क्रियाकलापमा जोड दिने, कमाउदै पढ्दै कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्ने उल्लेख छ ।

सहिदका बालबच्चा, द्धन्दपीडित, अपांग, टुहुरा, अतिविपन्न परिवारका बालबालिकालाई छनौट गरी उच्च शिक्षासम्मको अध्यनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, सरकारले निःशुल्क गरेको औषधी र आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र प्रभावकारी तुल्याउने, गाउँपालिका अस्पतालमा आँखा उपचार केन्द्र संचालन गर्ने, एक घर एक धारालाई थप प्रभावकारी बनाउने नीति कार्यक्रममा उल्लेख छ । अहिले गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले बजेट पेश गरिरहनुभएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update