Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीको बजेट ८१ करोड 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जिल्लाका पालिका मध्ये सबैभन्दा बढी बजेट ल्याएको छ । नगर उपप्रमुख इश्वरी शर्मा बिएमले शनिबारको १७ औं नगर सभामा ८१ करोड १ लाख ४ हजार ८ सय ६६ रुपैयाँ बराबरको बजेट पेश गर्नुभयो । यो जिल्लाका अन्य स्थानीय तहको तुलनामा बढी हो । 

कुल बजेट मध्ये चालुतर्फ ५८ करोड ६६ लाख ६४ हजार ७ सय ६६ अर्थात ७४.४१ प्रतिशत र पुँजीगत तर्फ २२ करोड ३४ लाख ४० हजार १ सय अर्थात २७.५८ प्रतिशत रकम विनियोजन गरिएको छ । बजेट वक्तव्यमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको स्रोत व्यहोर्ने खर्चमध्ये आन्तरिक राज्वश्ववाट २ करोड २२ लाख प्राप्त हुने प्रक्षेपन गरिएको छ ।

त्यस्तै संघ सरकारको समानीकरण अनुदान १० करोड ९ लाख, सशर्त अनुदान संघ सरकारको चालुतर्फ २३ करोड ५६ लाख, सशर्त अनुदान पुजीगत तर्फ संघ सरकारको २ करोड ५३ लाख र संघ सरकारको समपूरक अनुदान पुँजीगतर्फ ५५ लाख प्राप्त हुने देखिएको छ । 

राजश्व वाँडफाट स्थानीय सरकारको दहत्तरवहत्तर शुल्क वापत ३० लाख र मालपोत रजिष्टे«शन शुल्क ५० लाख, कर्णाली प्रदेशको समानीकरण अनुदान १ करोड १३ लाख २९ हजार र सशर्त अनुदान पुँजीगत प्रदेश सरकारवाट ४ करोड ३८ लाख १३ हजार, सशर्त अनुदान पुँजीगत प्रदेश सरकार २ करोड १० लाख, विशेष अनुदान चालु प्रदेश सरकार ३० लाख, र प्रदेशकै समपूरक अनुदान पुँजीगत तर्फ १ करोड ३ लाख तथा नगर अस्पतालबाट ७१ लाख प्राप्त भई परिचालन हुने अनुमान गरिएको छ । 

चौरजहारी नगरपालिकाे १७ औं नगर सभाले आगामी वर्षका लागि अनुमानित बजेट पास समेत गरेको छ । 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update