Top Navigation
आइतबार, असोज ७, २०८० ०४:५५:४१
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:५५:४१
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • रोपाइँ गरेर सीमामा धान दिवस मनाइयो (फोटो फिचर)
रोपाइँ गरेर सीमामा धान दिवस मनाइयो (फोटो फिचर)
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, असार १५, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
सीमा खेतमा जनप्रतिनिधि, कर्मचारी लगायत कृषक संयुक्त रुपमा धान रोप्दै । तस्बिरः कखरा ।

रुकुम पूर्वमा रोपाइँ गरेरै धुमधामका साथ २० औँ राष्ट्रिय धान दिवस मनाइएको छ । यस वर्ष जिल्लाको भूमे गाउँपालिका-३ सीमा खेतमा रोपाइँ गरेर धुमधामका साथ २० औँ राष्ट्रिय धान दिवस मनाइएको हो । ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा बृद्धि’ भन्ने मुल नाराका साथ यस वर्षको धान दिवस मनाइएको छ । 


जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढा, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, भूमे-३ का वडाध्यक्ष प्रशुराम बुढा, भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेत लगायत कृषि कार्यालयका कर्मचारी, किसानले शुक्रबार आज बिहान सीमा खेतमै पुगि रोपाइँ गरेर धुमधामका साथ धान दिवस मनाइएको छ । भूमे गाउँपालिका कृषि शाखाको आयोजनामा सीमा खेतमा धान दिवस मनाइएको हो । 


जनप्रतिनिधि, कर्मचारी तथा किसानले सामूहिक धान रोपाइँ गर्नु भएको थियो । सबै हिलोमा रमाउँदै धान रोपाइँ गर्नु भएको थियो । रोपाइँ सकेर आयोजकले सबैलाई आँप, केरा फलफूल र दही, चिउरा समेतका परिकार एकैसाथ बसालेर खुवाउनु भएको थियो । धान उत्पादनबाट आम्दानी नहुने देखिएपछि यहाँका किसान तरकारी, मकै खेतीतर्फ आकर्षित हुँदै गएका छन् । किसानलाई धान खेतीतर्फ आकर्षित गराउन यसरी रोपाइँ कार्यक्रमको आयोजना गर्नु परेको कृषि शाखाका नाप्रास शिखर विश्वकर्माले बताउनुभयो । 


यस जिल्लाको मुख्य कृषि उत्पादन मकै, गहुँ, जौ, आलु रहेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका र भूमे गाउँपालिकामा एक/दुई ठाउँमा मात्र कृषकले धान लगाउने गरेका छन् भने यी दुई गाउँपालिका मध्ये सिस्ने गाउँपालिकामा केही बढी ठाउँमा धान लगाउने गरेका छन् । 
धान रोपाईँका केही तस्बिरहरूः


प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १७:१४
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्