Kakhara सबैको खबर सम्पूर्ण खबर
१९ नम्बर बाहिनीपति भलिबल ट्रफि बर्दबहादुर गण प्युठानलाई

नेपाली सेनाकाे १९ नम्बर बाहिनीपति भलिबलकाे ट्रफि बर्दबहादुर दल गण प्युठानले जितेकाे छ । चण्डी दल गण रूकुम पश्चिम पश्चिममा भएकाे ट्रफि बर्दबहादुरले जितेकाे हाे । आज भएकाे फाइनलमा बटुक दल गण राेल्पालाई ३-० काे साेझाे सेटमा पराजित गर्दै बर्दबहादुरले ट्रफि जितेकाे चण्डी दल गणका गणपति प्रमुख सेनानी बरूण केसी खत्रीले जानकारी दिनुभयाे ।

प्रतियाेगितामा रणसिंह दल गण दाङ तेस्राे भएकाे छ । आजै भएकाे तेस्राे स्थानकाे खेलमा शिद्घिबक्स दल गण सल्यानलाई पराजित गर्दै रणसिंह दल तेस्राे भएकाे गणपति खत्रीले बताउनुभयाे । उहाँका अनुसार प्रतियाेगितामा १९ नम्बर बाहिनी अन्तर्गतका ५ गणले प्रतिस्पर्धा गरेका थिए । जसमा चण्डीदल गण रूकुम, बटुक दल गण रोल्पा, सिद्दिबक्स गण सल्यान, बर्दबहादुर गण प्युठान र रणसिंह दल गण दाङ रहेका थिए ।

याे प्रतियाेगिताबाट १९ नम्बर बाहिनीकाे टिम निर्माण हुने छ । उक्त टिमले २२ नम्बर बाहिनीसंग प्रतिस्पर्धा गर्ने छ । उक्त प्रतिस्पर्धाबाट मध्यपश्चिम पृतनाकाे टिम निर्माण हुने र त्यसले प्रधानसेनापति ट्रफिमा सहभागिता जनाउने गणपति खत्रीले बताउनुभयाे ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update