Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीमा पहिलाे पटक क्रिकेट संघ गठन, अध्यक्षमा पदम, रूकुम पश्चिमबाट २ जना
कर्णाली प्रादेशिक क्रिकेट संघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरू ।

कर्णाली प्रदेशमा पहिलाे पटक क्रिकेट संघ गठनभएकाे छ । संघीय संरचना अनुसार कर्णालीमा क्रिकेट संघ बन्नसकेकाे थिएन । यसअघि लुम्बिनी-कर्णाली क्रिकेट संघ रहेकामा बुधारदेखि भने कर्णालीकाे आफ्नै संघ बनेकाे हाे । रूकुम, सल्यान, दैलेख र कालिकोट जिल्लालाई नेपाल क्रिकेट संघले पूर्ण सदस्यका रूपमा मान्यता दिएपछि कर्णालीमा प्रादेशिक क्रिकेट संघ बन्न बाटाे खुलेकाे थियाे । क्यानकाे बिधान अनुसार प्रादेशिक संघका लागि कम्तिमा ५ जिल्ला आवश्यक पर्छ । कर्णालीमा सुर्खेत मात्र मान्यताप्राप्त जिल्ला थियाे ।

४ जिल्ला थप भएपछि बुधबार विरेन्द्रनगरमा आयाेजित प्रथम साधारण सभा एवं अधिवेशनले पहिलाे पटक कर्णाली प्रादेशिक संघकाे नेतृत्व चयन गरेकाे छ । अध्यक्षमा पदमबहादुर खड्का निर्वाचित हुनुभएकाे । क्यानका केन्द्रीय सदस्य समेत रहनुभएका खड्का हालसम्म कर्णाली प्रदेशकाे संयाेजक हुनुहुन्थ्याे । खड्काकाे अध्यक्षतामा १३ सदस्यीय कर्णाली प्रादेशिक क्रिकेट संघ बनेकाे छ । कार्यसमिति निर्विराेध निर्वाचित भएकाे हाे ।

जसकाे उपाध्यक्षमा कालिकाेटका खड्कजंग शाही, सचिवमा सुर्खेतका श्रीधर केसी र काेषाध्यक्षमा सुर्खेतका सुर्य थापा निर्वाचित हुनुभएकाे छ । त्यस्तै सदस्यमा रूकुम पश्चिमका बालकुमार नकाल, कुलप्रसाद ओली, सल्यानका सबिन हमाल, बुलन्दबाबु सुजुवाल, कालीकाेटका दमनराज शाही, सुर्खेतका प्रकाश भुसाल, दैलेखका पवनकुमार थापा, समुन्द्र शाही र मनाेज नेपाली निर्वाचित हुनुभएकाे छ । ठुलाे प्रयासपछि कर्णालीमा छुट्टै संघ बनाउन सफल भएकाे नव निर्वाचित अध्यक्ष खड्काले बचाउनुभयाे । याे कर्णालीकाे क्रिकेट विकासका लागि काेशेढुंगा साबित हुने उहाँकाे विश्वास छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update