Kakhara सबैको खबर सम्पूर्ण खबर
ऊ ! दर खान्छ

 आजभोलि 
 मूल्य र मान्यता विपरित 
 ऊ! दर खान्छ ।
     (१)
 एक महिना अघि देखि नै 
 कूविचारमा रन्थनिएर
 गौरवपूर्ण संस्कार र संस्कृतिको
 खिलापमा 
 तारे होटेलहरुमा
 शैक्षिक संस्थाहरुमा
 सरकारी कार्यालयहरुमा 
 ठूलो धनराशी खर्चेर 
 मैमत्त मुद्रामा 
 ऊ! दर खान्छ ।
   (२)
 रक्सी र ह्वस्कीको
 बेतालमा 
 मुना,सिता र सावित्रीहरुको
 आदर्श र अस्मितामा 
 आँच पुग्ने गरी
 नाटकीय अभिनयमा 
 कुत्सित मनोभावना बोकेर 
 ऊ! दर खान्छ ।
     (३)
 महंगा सुन र गहनाले बेरिएर 
 बाहिर झिलिमिली 
 भित्र इलिमिली पारामा 
 बाल्जाकको गीत र धुनमा 
 सडक छेउमै 
 -र्याप शैलीमा नाच्दै 
 ऊ ! दर खान्छ ।
    (४)
 आफ्नो सभ्यता र संस्कृति 
  विपरित
 पाश्चात्य संस्कृतिको छाडा 
 प्रस्तुतिमा 
 आफ्नै हैसियत बिर्सेर 
 देखावटी शैलीमा 
 प्रफुल्लित मुद्रामा 
 प्रत्येक बर्ष 
  ऊ ! दर खान्छ ।
    (५)

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update