Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पू महोत्सवमा आज चर्चित गायक रामजी खाँड आउने 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा जारी स्यार्पू महोत्सवमा आज चर्चित लोक दोहोरी गायक तथा मोडल रामजी खाँड आउनुहुने भएको छ । महोत्सवको पाँचौँ दिन आज खाँड सहितका कलाकारहरूले प्रस्तुति राख्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमले जनाएको छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राखिरहेका छन् ।

महोत्सवमा अझै विभिन्न राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरू आउने बताइएको छ । बाँफिकोट गाउँपालिकाको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमको व्यवस्थापनमा असोज ११ गतेबाट महोत्सव चलिरहेको छ । महोत्सव असोज २१ गतेसम्म सञ्चालन हुने छ । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update