Kakhara सबैको खबर सम्पूर्ण खबर
को को अटे अखिल क्रान्तिकारी रुकुम पश्चिमको जिल्ला समितिमा ? 

अखिल क्रान्तिकारी रुकुम पश्चिमको नयाँ नेतृत्व चयन भएको छ । जिल्ला सदरमुकाममा शुक्रवार र शनिवार चलेको २७ औँ जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो । अध्यक्षका लागि चुनाव हुनुपर्‍यो भने अन्य पदमा निर्विरोध भयो । सुरुमा ३३ सदस्यीय जिल्ला समिति चयन गरेर पछि त्यसभित्रबाट अध्यक्षको चुनाव भएको थियो । जसमा चौरजहारीका निराजन केसीले बाजी मार्नुभयो । निकटतम प्रतिद्धन्दि मुसिकोटका विशाल विष्टलाई ४ मतले हराउँदै केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

केसीले १६ मत पाउँदा विष्टले १२ मत पाउनुभयो । अध्यक्षका अर्का उम्मेदवार आठबीसकोटका खुमराज ओलीले ५ मत मात्र पाउनुभयो । उपाध्यक्षमा किरण विश्वकर्मा र दीपेन्द्र ओली, सचिवमा दुर्गाप्रसाद विक, सह सचिवमा पूजा विक र प्रकाश डाँगी तथा कोषाध्यक्षमा विजया पुन मगर निर्विरोध हुनुभयो । ३३ सदस्यीय जिल्ला समिति यस प्रकार छ । 

384237223_237800972615875_1663379388996882858_n1697286371.jpg

384246904_237801005949205_7718038512909596388_n1697286370.jpg

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update