Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प पीडितको घाउमा पुथाउत्तरगंगाको मलहम 

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले तीन लाख नगद सहयोग गर्ने निर्णय गरेको छ । छिमेकी जिल्लाहरूमा शोक परेको बेला आफुहरू हात बाँधेर बस्न नसक्ने भन्दै तीन लाख नगद सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो - "पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, हामीले हाम्रो गच्छेअनुसार यति सहयोग गरेका हौँ ।"

एक थुकी सुकी, सय थुकी नदी हुने भएकोले आफूले सकेको सहयोग गर्न उहाँले सबैलाई अपिल पनि गर्नुभयो । यसअघि उपाध्यक्ष बुढा भूकम्प प्रभावित क्षेत्रमा पुगेर मन परामर्श सेवा समेत दिइरहनु भएको छ । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी रुकुम पश्चिममा ५२ र जाजरकोटमा १ सय १ जनाको ज्यान गएको छ भने हजारौँ घर बास विहीन भएका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update