Kakhara सबैको खबर सम्पूर्ण खबर

निर्माणका लागि आर्थिक सहयोग गरेको छ । रुकुम पश्चिममा १५ वटा अस्थायी आवास निर्माणका लागि काँग्रेस कास्कीले तीन लाख सहयोग गरेको हो । उक्त रकम नेपाली काँग्रेस रुकुम पश्चिम मार्फत खर्च हुने छ । उक्त रकमबाट जिल्लाका १५ भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गरिदिने नेपाली काँग्रेस रुकुम पश्चिमले जनाएको छ । 

भूकम्प प्रभावितको घाउमा मलहम लगाउनका लागि सकेको सहयोग गरेको नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिनुभयो । 

भूकम्प प्रभावितहरू पालमा बसिरहेको र बढ्दो चिसोले ज्यान नै जान सक्ने जोखिम रहेकोले केही भए पनि भूकम्प प्रभावितलाई राहत पुगोस् भनेर अस्थायी आवासका लागि आर्थिक सहयोग गरिएको उहाँको भनाई छ । उक्त रकम जिल्लामै पुगेर हस्तान्तरण गरिएको हो । 

सभापति बराल सहित कास्कीबाट आएको नेपाली काँग्रेसको टोलीले उक्त रकम नेपाली काँग्रेस रुकुम पश्चिमका सह सचिव यज्ञ विष्ट लगायतलाई हस्तान्तरण गरेको नेपाली काँग्रेस रुकुम पश्चिमले जानकारी गराएको छ । त्यस्तै केही न्यानो कपडा लगायतका जिन्सी सामान पनि काँग्रेस कास्कीले उपलब्ध गराएको छ । 

अहिलेसम्म अस्थायी आवास निर्माण नभएका र धेरै जोखिममा रहेका परिवार छनौट गरी अस्थायी आवास निर्माण गरिदिने काँग्रेस रुकुम पश्चिमका सह सचिव विष्टले जानकारी दिनुभयो । यो रकमबाट १५ वटा जति घर निर्माण गर्न पुग्ने देखिएको उहाँको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update