Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा भूकम्प पीडितको घरमै पुगेर मृत्यु दाबी भुक्तानी 
बिमा रकम हस्तान्तरण गरिदैँ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड मुसिकोट कार्यालय रुकुम पश्चिमले एक भूकम्प पीडित परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । गत कात्तिक १७ गते राती गएको भूकम्पमा परी मृत्यु भएका आठबीसकोट नगरपालिका १४ का पदमी मल्लको परिवारलाई कार्यालयले मृत्यु दाबी रकम भुक्तानी गरेको हो । 

शनिवार मृतक मल्लको घरमा पुगी मृतक मल्लका श्रीमान् नरु मल्ललाई दुई लाख चार हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मुसिकोट कार्यालयकी प्रमुख ब्यूझना पुन देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक मल्लले दुई वर्ष अघि सावधिक बिमा योजना अन्तर्गत एक लाखको बिमा गर्नुभएको थियो । १६ वर्षीय बिमा बापतको दुई किस्ताको १५ हजार ७ सय ९८ रुपैयाँ बुझाउनुभएका मल्लको मृत्यु भएपछि उहाँको परिवारलाई विमांक रकमको दुई गुणा अर्थात् दुई लाख चार हजार पाँ सय रुपैयाँको चेक हस्तान्तरण गरिएको प्रमुख देवकोटाले जानकारी दिनुभयो । 

श्रीमतीको ज्यान भूकम्पले लिए पनि दु:खको बेला बिमा बापतकाे रकम पाएपछि राहत पुगेकाे मल्ल परिवारले जनाएकाे छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update