Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमकाे नदुवा देखि काठमाडौँ र भक्तपुरको लागि बस सेवा सञ्चालन 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ नदुवा देखि काठमाडौँ र भक्तपुरको लागि बस सेवा सुरु भएको छ । नदुवा देखि पहिलो पटक आज सङ्घीय राजधानी काठमाडौँ सम्मको लागि बस सेवा सञ्चालनमा आएको हो । स्यार्पुताल यातायात प्रालिले नदुवा देखि प्रत्येक दिन खलंगा हुँदै मध्य पहाडी लोक मार्गबाट काठमाडौँ र भक्तपुरको लागि बस छुटाउने छ । नदुवा देखि प्रत्येक दिन बिहान ८ बजे काठमाडौँ भक्तपुरको लागि बस छुट्ने स्यार्पुताल यातायात प्रालिका महासचिव विष्णु रेउलेले जानकारी दिनुभयो । 

जिल्लाको ग्रामीण क्षेत्रका यात्रुलाई मध्य नजर गर्दै नदुवाबाट सिधै सङ्घीय राजधानीको लागि बस सेवा सुरु गरिएको उहाँको भनाई छ । नदुवा देखि काठमाडौँ २ हजार ५ सय र भक्तपुरका लागि २ हजार ६ सय भाडा निर्धारण गरिएको छ । गाराघाटमा सानीभेरी नदीमा कलभर्ट निर्माण गरे पछि नदुवा सम्म डिलक्स गाडी पुगेका हुन् । यो भन्दा पहिला आठविसकोट नगरपालिकाको राडी, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका चाईनाबगर र सिम्लीबाट काठमाडौँका लागि बस सेवा सञ्चालनमा रहेकोमा अव नदुवा देखि पनि बस काठमाडौँ र भक्तपुरको लागि छुट्नेछन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update