Kakhara सबैको खबर सम्पूर्ण खबर
कणाली प्रदेश कुस्ती संघको अध्यक्षमा रुकुम पश्चिमका ढकाल चयन 

कर्णाली प्रदेश कुस्ती सङ्घको अध्यक्षमा रुकुम पश्चिमका लिलाप्रसाद ढकाल चयन हुनुभएको छ । कर्णाली प्रदेशको सुर्खेतमा आज भएको कुस्ती सङ्घको भेलाले ढकालको अध्यक्षतामा पहिलाे पटक ९ सदस्यीय कार्यसमिति निर्माण गरेको हो । जसको उपाध्यक्षमा सुर्खेतका निर्मल विष्ट, सचिवमा कालिकोटका मन्जित शाही, सह सचिवमा डोल्पाका प्रताप विक, र कोषाध्यक्षमा दैलेखका अस्वीन मल्ल चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरूमा सुर्खेतकी गीतासिंह ठकुरी, मुगुका भिमबहादुर बुढा चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिनुभयो । आफ्नो कार्यकालमा कर्णाली प्रदेशका दश वटै जिल्लामा कुस्ती खेलको विकास र विस्तारमा जोड दिने निर्वाचित अध्यक्ष ढकालले बताउनुभयो । प्रदेशका सबै जिल्लामा कुस्ती खेलाडी उत्पादन गर्ने आफ्नो मुख्य योजना रहेको उहाँले बताउनुभयो । 

नेपालमा २०४२ सालमा कुस्ती संघ गठन भएपनि कर्णालीमा पहिलाे पटक संघ गठन भएकाे हाे । 

428924742_1455795108629187_8145766206341421188_n1709124767.jpg

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update