Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल लाइफ इन्स्योरेन्स मुसिकोट शाखाद्वारा मृत्यु हक दाबी रकम हस्तान्तरण 
मृत्यु हक दाबी रकम हस्तान्तरण गरिदैँ ।

नेपाल लाइफ इन्स्योरेन्स रुकुम पश्चिम मुसिकोट शाखाले एक मृतक बिमितका परिवारलाई मृत्यु हक दाबी रकम हस्तान्तरण गरेको छ । आइतबार मुसिकोट नगरपालिका १३ का विशाल ओलीको परिवारलाई मृत्यु हक दाबी रकम हस्तान्तरण गरिएको हो ।

शाखा प्रमुख हरि बोहराले मृतक ओलीकी श्रीमती कमला पाण्डे ओलीलाई १० लाख ५४ हजार ९६ रुपैयाँ हस्तान्तरण गरेकाे शाखामा कार्यरत कर्मचारी खिमप्रकाश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार ओलीले सुरक्षित जीवन बिमा कार्यक्रम अन्तर्गत ५ लाखको १५ वर्षे बिमा गर्नुभएको थियो ।

बाँकेको कोहलपुरमा नेपाल प्रहरीमा कार्यरत ओलीको गत मङ्सिर २८ गते ड्युटीमा जाने क्रममा गाडीकाे ठक्करबाट मृत्यु भएको थियो । उहाँले तीन किस्ता बापत १ लाख ७ हजार ७ सय १२ रुपैयाँ तिरेको विष्टले जानकारी दिनुभयो । नेपाल लाइफ इन्स्योरेन्स मुसिकोट शाखाले केही दिन अघि बस दुर्घटनामा ज्यान गुमाएका रुकुम पूर्वका पत्रकार विक्रम परियारको परिवारलाई पनि मृत्यु हक दाबी रकम हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update