जनयुद्धका महान् सहिद परिवार समाज नेपाल रुकुम पूर्वको प्रथम जिल्ला अधिवेशन भएको छ । बिहीबार भूमे गाउँपालिकाको केन्द्र खाबाङ बगरमा अधिवेशन भएको हो । अधिवेशन मार्फत सहिद परिवार प्रतिष्ठान समाजको जिल्ला समिति गठन गरिएको छ ।
तीन गाउँपालिकाबाट प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको हो । सात सदस्यीय समिति गठन गरिएको छ । सिस्ने गाउँपालिकाबाट अध्यक्ष जीवन केसी, भूमे गाउँपालिकाबाट उपाध्यक्ष नरबहादुर बुढा र कोषाध्यक्ष नमिता पुन तथा पुथाउत्तरगंगा गाउँपालिकाबाट महासचिवमा थपनबहादुर पुन चयन हुनुभएको छ ।
यस्तै भद्री थापा, नमिता पुन बुढा र जेयुदेवि बुढा सदस्य रहनुभएको छ । अधिवेशनमा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य रामसुर बुढा, पार्टीका जिल्ला संयोजक कुमारी बराल, पार्टीका प्रदेश सल्लाहकार देवबहादुर बुढा लगायतको उपस्थिति रहेको थियो ।
सहिद परिवारका ज्येष्ठ नागरिक मनबहादुर बुढाको अध्यक्षतामा अधिवेशन भएको हो ।