Kakhara सबैको खबर सम्पूर्ण खबर
पितिवाङखोला सडक खण्ड सुचारु
पितिवाङ खोला ।

राप्ती राजमार्ग अन्तर्गत पर्ने रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने पितिवाङखोला सडक खण्ड सुचारु भएको छ । आज विहानैदेखि स्काभेटर प्रयोग गरेर बाढीले बगाएको स्थानमा ह्युमपाइप  राखेपछी सडक खण्ड दिउँसोदेखि संचालनमा आएको हो । नगरपालिकाको स्काभेटर प्रयोग गरेर अबरुद्ध भएको सडक सुचारु गरिएको मुसीकोट नगरपालिकाका नगर प्रहरी असइ उमेश केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तत्कालका लागि सवारी साधनलाई आवतजावतमा सहज बनाउन खोलाको नजिकैबाट नयाँ ट्रर्याक खोलेर सडक सूचारु गरिएको छ । भोलि पुनः ह्युमपाइप राखेर सडक मर्मत गरिने उहाँले जानकारी दिनुभयो ।

सनिवार साँझ आएको बाढीले पितिवाङखोलामा राखिएको ह्यमु पाइप बगाएको थियो । ह्युमपाइप पाइप बगाउँदा सनिवार साँझदेखि नै  सवारी साधन आवतजावत अबरुद्ध हुनुका साथै यात्रुलाई समेत गन्तव्यमा पुग्न समस्या भएको थियो । 

ठेकेदारको लापरबाहीका कारण पितिवाङखोलामा   पक्की पुल नबन्दा बर्सेनि नागरिकले सास्ती खेप्दै आएका छन ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update