Kakhara सबैको खबर सम्पूर्ण खबर
बुबाको स्मृतिमा एक लाख बढी रुपैयाँको अक्षयकोष स्थापना
चेक हस्तान्तरण कार्यक्रम ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर  ७ मा रहेको बालकल्याण आधारभूत विद्यालय लाछिकोटमा `दशरथ खड्का स्मृति अक्षयकोष´ स्थापना गरिएको छ । खड्काको ११ औं पुण्यतिथिको अवसरमा  १ लाख  १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । हाल अमेरिका बस्दै आउनुभएका खड्काका कान्छा छोरा गोविन्दराज खड्काले विद्यालयमा अक्षकोष स्थापना गर्नुभएको हो ।

स्वर्गिय दशरथको स्मृतिमा कान्छा छोरा गोविन्दराजले  विद्यालयमा अक्षयकोष स्थापना गरेको बालकल्याण आधारभुत विद्यालय लाछिकोटका प्रधानाध्यापक  टिकाराम खड्काले जानकारी दिनुभयो । प्रअ खड्का र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलाराम ओलीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

त्यस्तै अक्षकोष स्थापनाकै अवसरमा विद्यार्थीलाई ११ हजार ७ सय बराबरको स्टेसनरी सामग्री पनि वितरण गरिएको प्रअ खड्काले जानकारी दिनुभयो । विद्यालयमा स्थापनामा गरिएको अक्षयकोषबाट प्राप्त  भएको  ब्याजबाट हरेक वर्ष विद्यालयमा अध्ययनरत गरिब, जेहन्दार तथा दलित बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

बुबाको स्मृतिमा अक्षकोष स्थापना गर्ने गोविन्दराज सोही विद्यालय अध्यनरत पुर्व विद्यार्थी समेत हुनुहुन्छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update