Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाली काँग्रेस रुकुम पश्चिमको पार्टी कार्यालय उद्घाटन
रिवन काटेर पार्टी कार्र्यालय उद्घाटन गर्नुहँुदै उपभापती खड्का

नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय रुकुम पश्चिमको नवनिर्मित वि.पी  स्मृति भवनको उद्घाटन गरिएको छ । बुधवार स्मृति भवनको नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन पश्चात् उपसभापति तथा पूर्व उपप्रधानमन्त्री खड्काले भवनको अवलोकन तथा निरीक्षण समेत गर्नुभएको छ ।

नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले वि.पी  स्मृति भवनको २०७३ साल जेठ ५ गते  शिलान्यास गर्नुभएको थियो । पार्टी कार्यालय भवन निर्माणको काम केही समय अघि नै सम्पन्न भई पार्टीका विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि औपचारिक रूपमा भने आज उद्घाटन गरिएको नेपाली काँग्रेस रुकुम पश्चिमका उपसभापति हर्कसिंह खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी कार्यालय ४ तलाको निर्माण गरिएको छ । भवनमा १५ भन्दा बढी कोठा रहेको छन् ।  

पार्टी  कार्यालय निर्माण सँगै अव पार्टीका विभिन्न गतिविधि सञ्चालन गर्न सहज हुने उपसभापति खत्रीले जानकारी दिनुभयो । पार्टी कार्यालय निर्माण गर्दा लागेको खर्चका बारेमा भने पार्टीको सातौँ जिल्ला अधिवेशनपछिको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको बन्द सत्रबाट अर्थात् भोली प्रस्तुत गरिने उपसभापति खत्रीले जानकारी दिनुभयो । 

inbound8343674762307173128-1715772106.jpg

यसैबिच पार्टीको सातौँ जिल्ला अधिवेशनपछिको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको उद्घाटन भएको छ । जिल्ला सम्मेलनको उद्घाटन पार्टीका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री खड्काले नै  गर्नुभएको थियो । उद्घाटन सत्रमा स्थानीय झाँकी, पञ्चेबाजा, मयूर नाच समेत प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहमा जिल्ला, प्रदेश तथा केन्द्रीय स्तरका नेताहरूले मन्तव्य राख्नुभएको थियो । पार्टीको सातौँ अधिवेशनपछिको प्रथम जिल्ला सम्मेलन आर्थिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै भोली सम्पन्न हुने नेपाली काँग्रेस रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update