Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ३७ वडामा माओवादी केन्द्रको नयाँ वडा समिति निर्माण

नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमको वडा अधिवेशन जारी छ । जेठ १ गतेदेखि सुरु भएको अधिवेशन जेठ १५ गतेसम्म सञ्चालन हुनेछ । अधिवेशनबाट वडामा नयाँ नेतृत्व छनोटको काम भइरहेको नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोविन्द रोका (सचिन)ले जानकारी दिनुभयो । 

उहाँका अनुसार आजसम्म आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ मा गरेर ३७ वटा वडाको अधिवेशन सम्पन्न भइ नयाँ वडा समिति निर्माण गरिएको छ ।  जिल्लामा रहेका ७३ वटा वडा मध्ये ३६ वटा वडामा अधिवेशन गर्न बाँकी रहेको संयोजक रोकाले जानकारी दिनुभयो ।

वडामा रहेका निर्वाचन उपसमितिले निर्वाचन कार्यतालिका अनुसार अधिवेशन मार्फत नयाँ वडा समिति निर्माणको काम गरिरहेका छन । हालसम्म निर्विराध वडा समिति निर्माण गरिएको छ । यदी सहमतिमा वडा समिति निर्माण हुन नसकेको खण्डमा भने मतदान प्रक्रिया मार्फत वडा समिति निर्माण गरिने उहाँले जानकारी दिनुभयो । 

अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष सहित २५ जना सदस्यीय वडा समिति निर्माण भइरहेका छन । नियमित कार्यक्रम अनुसार वडा-वडामा अधिवेशन भइरहेको संयोजक रोकाले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update