Kakhara सबैको खबर सम्पूर्ण खबर
यु–१५ राष्ट्रिय ब्याडमिन्टनमा रुकुम पश्चिमका चारै जना छनोट 
छनाेट भएका खेलाडी सहित अन्य ।

गण्डकी प्रदेशको पोखरामा हुने १५ वर्ष मुनिको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय छनोट सम्पन्न भएको छ । सोमबार प्रदेश राजधानी सुर्खेतमा छनोट सम्पन्न भएको हो । जसबाट छात्र र छात्रा ४/४ जना गरी ८ जना खेलाडी छनोट भएका छन् । छनोट हुने मध्ये सबैभन्दा बढी रुकुम पश्चिमका चार जना रहेका छन् ।

जिल्लाबाट छात्र र छात्रा तर्फ २/२ जना गरी ४ जना प्रदेश छनोटमा सहभागी भएकामा सबै चारै जना राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो । उनीहरूमा छात्र तर्फ शिखर केसी र रोहित ओली तथा छात्रा तर्फ सुहाना बुढामगर र साहाना बुढामगर रहेका छन् ।

केसीले दैलेखका दीप सुजन्य थापालाई फाइनलमा पराजित गर्दै प्रथम भएर छनोट भएका हुन भने अन्य तेस्रो र चौथो स्थानमा रहेर छनोट भएको अध्यक्ष बुढाले बताउनुभयो । प्रतियोगिताका लागि छनोट हुने अन्यमा छात्र तर्फ दैलेखका हिमाल थापामगर र दीप सुजन्य थापा तथा छात्रा तर्फ सुर्खेतका सुनिता कँवर र एलिना शाही रहेका छन् । प्रदेश छनोटबाट छनोट भएकाले यही जेठ ३०–३२ गतेसम्म पोखरामा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । 

Player-1717462188.jpg

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update