Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिजमाविको सामाजिक लेखापरीक्षण कार्यक्रम स्थगित 

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका १ खलङ्गामा रहेको त्रिभुवन जनता मावि खलङ्गाको सामाजिक लेखापरीक्षण कार्यक्रम स्थगित भएको छ । आजका लागि आयोजना गरिएको कार्यक्रम स्थगित भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । यसको कारणबारे भने केही खुलाइएको छैन । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र केसीले सामाजिक सञ्जाल फेसबुक मार्फत अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराउनुभएको छ । आर्थिक वर्ष २०७९/०८० को सामाजिक लेखापरीक्षणका लागि विद्यालयले सम्पूर्ण अभिभावक तथा सरोकारवालालाई आमन्त्रण गरेको थियो । 

कार्यक्रम स्थगित हुनुका बारेमा नखुलाइए पनि एक पक्षले सामाजिक लेखापरीक्षण प्रतिवेदनमा प्रश्न उठाएपछि कार्यक्रम स्थगित भएको बुझिएको छ । 

अब यसबारेमा छलफलका लागि भोली बिहान बैठक आह्वान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले जानकारी दिनुभयो । बैठकको निर्णयका आधारमा सामाजिक लेखापरीक्षण कार्यक्रम अघि बढ्ने उहाँको भनाई छ ।

विद्यालयका तर्फबाट सम्पूर्ण तयारी पुरा भइसकेको भए पनि निर्धारित मितिमा कार्यक्रम सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update