Kakhara सबैको खबर सम्पूर्ण खबर
सवारी ज्यान मुद्दामा १ र ६ महिना सजाय सुनाइएका दुई फरार प्रतिवादी पक्राउ
पक्राउ परेका फरार प्रतिवादी कर्णे ओली बाँया र मदन परियार दाँया । फाेटाेः जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम ।

रुकुम पश्चिममा सवारी मुद्दामा फरार २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । एक महिना र छ महिना कैद सजाय सुनाइएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका  वडा नम्बर १२ का कर्णबहादुर ओली भनिने कर्णे ओली र बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर १ का २२ वर्षीय मदन परियारलाई प्रहरी रहेका छन् । ओलीलाई बिहीबार साँझ आठबीसकोट नगरपालिका वडा नम्बर १० गिजाबाट जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय आठबिसकाेटबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । 

परियारलाई भने शुक्रवार बिहान जिल्ला सदरमुकाम मुसिकोट खलङ्गा बजारमा लुकीछिपी बसेको अवस्था पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक शाहीका अनुसार दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत पठाएको छ ।  ओलीलाई २०७७ चैत १२ गतेको जिल्ला अदालतको फैसलाले ६ महिना कैद र परियारलाई २०८१ वैशाख २७ गतेको फैसलाले १ महिनाको कैद सजाय तोकेको थियो । 

त्यस यता दुवै जना फरार रहेका थिए । प्रहरीले फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीहरूलाई पक्राउ गरिरहेको छ । यसका लागि बेला बेलामा अभियान नै चलाउने गरिएको छ । जस क्रममा विभिन्न मुद्दामा दोषी करार भएका फरार प्रतिवादीहरू पक्राउ पर्ने गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update