Kakhara सबैको खबर सम्पूर्ण खबर
खोलागाउँमा बारीबाटै ३ क्विन्टल तरभुजा चोरी

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ मा बारीबाटै तरभुजा चोरी भएको छ । जहारी खोला नमुना सहकारी संस्थाको जग्गामा लगाइएको तरभुजा चोरी भएको हो । जयलाल महतारा र लालबहादुर कामीले सहकारीबाट जग्गा भाडामा लिएर माछा पालन र तरभुजा खेती गर्दै आउनुभएको छ ।

माछा पोखरीको डिलमा फलेका तरभुजा चोरी भएको महताराले बताउनुभयो । परीक्षणको रूपमा पहिलो पटक तरभुजा खेती गरेको र राम्रो फलेको उहाँको भनाई छ । उक्त तरभुजा अज्ञात व्यक्तिले चोरी गरेको उहाँले बताउनुभयो । टिप्ने अवस्थामा पुगेका ३ क्विन्टल तरभुजा चोरी भएको र चोरी गर्दा साना फल कुच्चिएर क्षति भएको उहाँको भनाई छ । अब साना फल कुच्चिएर ठुला हुने अवस्था नरहेको र लगाएको जति सबै क्षति भएको बताइएको छ । ५० हजार बढीकाे क्षति भएकाे महताराले बताउनुभयाे । 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update