Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा ७३ औँ स्काउट दिवस मनाइयो, मेयर, उपमेयर र शिक्षा प्रमुखलाई सम्मान 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ७३ औँ स्काउट दिवस मनाइएको छ । मुसिकोट नगरपालिका स्थानीय स्काउट परिषद्को आयोजना तथा यमुना नन्द नमुना मावि सेरिगाऊँको व्यवस्थापनमा विद्यालयमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । दिवसको अवसरमा र्‍याली निकालिएको थियो । विद्यालयबाट सुरु भएको र्‍याली सेरिगाऊँ परिक्रमा गरी पुनः विद्यालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

दिवसको अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, उप प्रमुख विमलकुमार पुन र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र ओलीलाई नेपाल स्काउटको स्क्याप, वागल्स र भादगाउँले कालो टोली लगाएर सम्मान गरिएको स्काउट शिक्षक गणेश केसीले जानकारी दिनुभयो । साथै स्काउट विद्यार्थीहरूले स्काउट सलामी समेत अर्पन गरेका थिए ।

DSC09415-copy-1718789318.jpg
त्यस्तै स्काउट जिल्ला परिषद्ले नयाँ संरचना अनुसार जिल्ला परिषद्का सामग्रीहरू मुसिकोट स्थानीय परिषद्लाई हस्तान्तरण गरेको छ । नयाँ संरचना अनुसार अब जिल्ला परिषद् नहुने भएकोले स्थानीय परिषद्लाई कागजात तथा अन्य सामग्री हस्तान्तरण गरिएको बताइएको छ । नेपाल स्काउटका पूर्व जिल्ला आयुक्त मीनबहादुर पुनले स्थानीय परिषद्लाई सामग्री हस्तान्तरण गर्नुभएको हो । सामग्री हस्तान्तरण गर्दै उहाँले स्काउटको मर्म र उद्देश्य अनुसार काम गर्न आग्रह गर्नुभएको छ ।

DSC09435-copy-1718789313.jpg
नेपाल स्काउटका कर्णाली प्रदेश सदस्य, मुसिकोट नगरपालिकाका आयुक्त तथा नगर स्काउट उपाध्यक्ष जगतबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख महेन्द्रको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर उपप्रमुख विमलकुमार पुन, नगर शिक्षा शाखा प्रमुख नरेन्द्र ओली, स्काउटका पूर्व जिल्ला आयुक्त मीनबहादुर पुन लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका प्रधानाध्यापक तथा नेपाल स्काउटका यमुना टुप अध्यक्ष कमप्रसाद देवकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन स्काउट शिक्षक गणेश केसीले गर्नुभएको थियो ।

DSC09420-1718789317.jpg

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update