कखरा सम्पादक खड्का सहित ६ जना पत्रकार सम्मानित
सम्मान ग्रहण गर्दै सम्पादक खड्का ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमले विभिन्न सञ्चार माध्यममा कार्यरत ६ जना पत्रकारलाई सम्मान गरेको छ । शनिवार आयोजित नवाैं जिल्ला सभाको अवसरमा कखरा अनलाइनका सम्पादक मनिष खड्का सहित ६ जना पत्रकारलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा  नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, सचिव हिरा परियार,  कान्तिपुरका रुकुम संवाददाता महेश केसी, गोरखापत्र दैनिकका रुकुम संवाददाता राजु लामिछाने र रेडियो सानीभेरी एफ‍.एम.का बजार व्यवस्थापक देवकुमार ओली सम्मानित हुनुभएको हो । 

जिल्लाको सञ्चार क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरे बापत सम्मान पत्र र कासको करुवाले सम्मान गरिएको जिल्ला समन्वय समिति रुकुम पश्चिमले जनाएको छ । जिल्ला सभाको अवसरमा अन्य क्षेत्रका प्रमुख तथा प्रतिनिधिलाई पनि सम्मान गरिएको छ ।

सम्मानित हुनेमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाली सेनाको चण्डी दल गण सल्लेका गणपति प्रमुख सेनानी शरद थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोख्रेल, सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमन लामिछाने,  नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका सभापति रमा गौतम र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका स्वास्थ्य सेवा व्यवस्थापक डा.सुशील पोख्रेल रहनुभएको छ ।

विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update