Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकाेट ८ मा मकै गोड्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ घोरखानीमा मकै गोड्ने क्रममा केन्द्रीय प्रसारण लाइनको पोलबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान मकै गोड्न खेतमा पुगेका बेला स्थानीय देवी रोकाको मृत्यु भएको हो । अन्य ३ जना सामान्य घाइते भएको वडा अध्यक्ष जयबहादुर थापाले जानकारी दिनुभयो । प्रहरी घटना स्थल गइरहेकाले थप विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update