जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लामा कोरोना भाईरसका संक्रमितहरु थपिने क्रम बढेपछि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले वैशाख १९ गते बिहान ६ बजेदेखि बैशाख ३१ गते राति १२ सम्मका लागि जिल्ला भरमा निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला भरमा पछिल्ला दिनहरुमा कोरोना भाईरसका संक्रमितहरु थपिने क्रम बढेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि १३ दिन निषेधाज्ञा जारी गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।
यो अवधिमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सञ्चार, खानेपानी, फोहरमैला, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, माछामासु पसल, औषधी तथा उपचार, बैंकको एटीएम सेवा जस्ता आवश्यक सेवाहरु र राष्ट्रिय गौरवका आयोजना लगायत अन्य सार्वजनिक निर्माणका कार्यहरु बाहेक अन्य सेवा ठप्प रहने छन् ।
यस वाहेक एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधनहरु पनि संचालन हुन पाउँने छन् । तोकिएका सेवा र सवारी साधन वाहेक सबै प्रकारका सेवा, बैंक तथा वित्तिय संस्था, सवारी साधन, पसल, व्यवशाय संचालन र अत्यावश्यक कार्य वाहेक हिडडुलमा समेत निषेध गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।
निषेधाज्ञामा के के खुला, के के बन्द ? हेर्नुहाेस् जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे आदेश
![](https://www.kakhara.com/uploads/editor/180333215_795570588051704_9209969015871414875_n.jpg)
![](https://www.kakhara.com/uploads/editor/179863050_795570624718367_4480935324445296224_n.jpg)