Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमकी मोनिश्री भारतको गोवामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रथम 
माेनिश्री चन्द ।

रुकुम पश्चिमकी मोनिश्री चन्द अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रथम भएकी छिन । 

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौँस्थित क्यानभास बसन्तऋतु स्कुलमा कक्षा ३ मा अध्ययनरत ८ बर्सिया चन्दले भारतको गोवामा सञ्चालित सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रथम हुँदै गोल्ड मेडल जितेकी छिन । 

उनी २४ केजी तौल समूहमा गोल्ड मेडल हात पार्न सफल भएकी हुन् । प्रतियोगितामा दाङ, रुकुम, चितवन, काठमाडौँ लगायत जिल्लाबाट विभिन्न तौल समूहका खेलाडीहरू समावेश भएका थिए । 

मोनिश्री भलिबल खेलाडी मोहनकुमार चन्दकी छोरी हुन् । उहाँ हाल भलिबल रेफ्रि हुनुहुन्छ । उहाँले भारतबाट खेल प्रशिक्षकको डिप्लोमा कोर्स समेत पुरा गर्नुभएको छ ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update