Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा २४ घण्टामा ३१ जना कोरोना संक्रमित थपिए

रुकुम पश्चिममा ३१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लाका चार स्थानीय तहमा ७३ जनामा एन्टीजेन परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी जिल्ला अस्पताल सल्लेमा ४० जनामा परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको छ । 

त्यस्तै चौरजहारी नगरपालिकाको शहिद स्मृति नगर अस्पताल खोलागाउँमा १३ जनामा गरिएको परीक्षणमा ७ जना, त्रिवेणि गाउँपालिकामा १८ जनामा परीक्षण गर्दा ७ जना र आठबीसकोट नगर अस्पतालमा २ जनामा परीक्षण गर्दा २ जनामै संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । 

यो संगै जिल्लामा कोरोना भाइरसका कुल संक्रमितको संख्या ३ सय ९६ पुगेको छ । एन्टीजेन मार्फत संक्रमण पुष्टि हुनेको संख्या भने १ सय ३४ पुगेको छ । त्यस्तै जिल्लामा हालसम्म ३ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update