Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट १ द्वारा दुई सय बढी ज्येष्ठ नागरिकलाई सम्मान तथा छाता वितरण
जेष्ठ नागरिकलाई छाता हस्तान्तण गर्दै नगर प्रमुख महेन्द्र केसी ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रवार वडा भरका ज्येष्ठ नागरिकलाई वडा कार्यालयमा बोलाएर सम्मान गर्नुका साथै छाता उपहार दिएको हो । जेठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकको सम्मानको निम्ति छाता उपहार दिएको वडा अध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षा याममा ज्येष्ठ नागरिकलाई आवतजावत गर्दा सहयोग पुगोस् भन्ने उद्देश्यले छाता प्रदान गरिएको हो । 

वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने २ सय ७ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै छाता उपहार दिएको हो । वडा कार्यालयको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत छुट्टाएको एक लाख बजेटबाट प्रत्येक ज्येष्ठ नागरिकलाई एक एक वटाको दरले छाता प्रदान गरिएको छ ।

 छाता लिन छुटेका ज्येष्ठ नागरिकलाई केही दिन भित्र वडा कार्यालयले छाता घरमै पुर्‍याइदिने वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकलाई मुसिकोट नगर प्रमुख महेन्द्र केसी र वडा अध्यक्ष चन्दले छाता हस्तान्तरण गर्नुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update