Kakhara सबैको खबर सम्पूर्ण खबर
थवाङका मनकुमार स्विट्जरल्याण्डमा भएको ट्रेल रेसमा आठौँ 
मीनकुमार राेका ।

रोल्पा थवाङका मनकुमार रोका अन्तर्राष्ट्रिय ट्रेल रेसमा आठौँ स्थान प्राप्त गर्न सफल हुनुभएकाे छ । स्विट्जरल्याण्डमा भएको ५० किलोमिटर दुरीको ट्रेल रेसमा रोका नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै आठौँ हुनुभएको हो । रेसमा विश्वका विभिन्न मुलुकका १ हजार ५ सय जना धावक सहभागी थिए ।

मनकुमारलाई ट्रासिस यांकी रनिङ क्लब अफ स्विट्जरल्याण्डले स्विट्जरल्याण्ड लगेको हो । करिब ३ महिनाको सम्झौतामा तीन वटा प्रतियोगितामा आफू स्विट्जरल्याण्ड पुगेको मनकुमारले बताउनुभयो । एउटा प्रतियोगिता भइसकेको र अब ७० किलोमिटरको अर्को ट्रेल रेस हुने उहाँले जानकारी गराउनुभयो ।

तेस्रो प्रतियोगिता पनि निश्चित भइसकेको तर कति किलोमिटर भन्ने भने निश्चित भई नसकेको उहाँको भनाई छ । मनकुमार केही वर्ष देखि ट्रेल रनिङमा सक्रिय हुनुहुन्छ । उहाँले देश भित्रका विभिन्न ट्रेल रेसमा पनि सहभागिता जनाइसक्नु भएको छ भने धेरै प्रतियोगिता जिती सक्नुभएको छ ।

450186060_488411820264654_3461910537837012858_n-1720506475.jpg
450048280_488410626931440_645277419985939783_n-1720506477.jpg

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update