श्रीमती हत्याको आशंकामा श्रीमान  पक्राउ

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ६ का जीवन ओलीलाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षीय श्रीमती  अप्सरा ओलीको हत्या आशङ्कामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पर्वले जानकारी दिएको छ। 

शुक्रवार साँझ अप्सराको हत्या भएकाे थियो । सोही दिन देखि फरार रहेका जीवनलाई आज पक्राउ गरिएकाे हो । भूमे गाउँपालिका वडा नम्बर ६ र ७ को बिचमा रहेको माम्फु खोला नजिकको जङ्गलमा लुकेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो। 

उहाँका अनुसार फरार ओलीलाई पक्राउ गरी घटना बारे अनुसन्धान सुरु भएकाे छ। उनका साथमा पाँच वर्षीय छोरा आयुष पनि  फेला परेका थिए।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update