Top Navigation
मंगलबार, असोज १६, २०८० १२:२८:५८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० १२:२८:५८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #स्यार्पू महाेत्सव
  • #सुशीला विक
Search Here
समाज
  • Home
  • समाज
  • `हलहले´मा पानी
`हलहले´मा पानी दुई जिल्लाका २५ घरपरिवार लाभान्वित
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, कात्तिक २०, २०७७

पहाडी क्षेत्रको भूगोल नै अफ्ठ्यारो । थोरै घरका धेरै वस्ति । त्यो पनि टाढा टाढा । कतै कतै त एउटा, दुईटा घरका पनि वस्ति छन् । यस्ता वस्तिमा योजना कार्यान्वयन सजिलै गरिँदैन । योजना नै बनाइदैन बनाएपनि कार्यान्वयन भएका उदाहरण कमै पाइन्छन् । तर दश घर सर्वसाधारण रहेको एउटा वस्तिमा ४० लाखको योजना सम्पन्न भएको छ । मुसीकोट नगरपालिका–१०, हलहलेमा १० घर वडाबासी छन् । यीनै १० घर वडाबासीका लागि वडाले बनाएको सिचाई (खानेपानी) योजना सम्पन्न भएको छ । खानेपानीको ठूलो समस्या रहेको हलहले डाँडाका अब सबै घरमा खानेपानी पुगेको छ । वडाले बनाएको योजना कर्णाली प्रदेश सरकार र मुसीकोट नगरपालिकाबाट निर्माण भएको हो ।

कर्णाली प्रदेशबाट मुसीकोट नगरपालिकामा आएको २५ लाख र कर्णाली प्रदेश मातहतको कृषि विकास कार्यालयको १५ लाख गरी ४० लाखमा बगरखोला–हलहले सिचाई योजना निर्माण सम्पन्न भएको छ । १० नम्बर वडा कार्यालयले १० घर परिवारका लागि बनाएको उक्त योजनाले २५ घर लाभान्वित भएका छन् । मुसीकोट नगरपालिका–१०, का १० घर, त्रिवेणि गाउँपालिकाका २ र रोल्पाको परिवर्तण गाउँपालिका ४ का १३ घर गरी २५ घरमा खानेपानी पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ मा उक्त योजना कार्यान्वयनमा गएको थियो । त्यस अघि ४ घण्टाको पैदल यात्रा गरी खोलाको पानी उकालोमा बोकेर सर्वसाधारणले जिविका चलाउँदै आएका थिए । मानिसले पिउने, गाईवस्तुलाई पियाउने र सागसब्जि तथा फलफूलका विरुवामा समेत सिचाई गर्नका लागि पानी बोक्नुपर्ने बाध्यता हलहलेबासीमा थियो ।

‘खाने पानी त बोकेकै थियौं,’ स्थानीय मानसिङ ओलीले भन्नुभयो, ‘गाई,भैंसी, सागपात र फलफूलमा राख्ने पानी पनि बोक्नुपर्ने अवस्था थियो, अब त्यो टरेको छ ।’ घरघरै पानी आउने भएपछि यसैको उपयोग गरेर वस्तुभाउ तथा सिचाईका लागि समेत प्रयोग गर्न मिल्ने भएको ओलीले बताउनुभयो । संख्यामा थोरै भएपनि वडाबासी हुन् भनेर वडा सरकारले गरेको यो कामले वर्षौदेखिको समस्या हटेको ओलीको भनाई छ । सोलार सिस्टमबाट लिफ्ट मार्फत हलहले पानी पुर्याइएको हो । हलहलेको माथि कतै पनि पानीका मुहान छैनन् ।

त्यसैले तलको पानीलाई लिफ्ट मार्फत माथि तानिएको छ । २ सय ६५ मिटर भर्टिकल उचाईमा पानी पुर्याइएकाे निर्माण उपभोक्ता समितिका अध्यक्ष उदबहादुर खड्काले बताउनुभयो । ‘तलको पानी माथि आउला भन्ने लागेकै थिएन,’ अध्यक्ष खड्काले भन्नुभयो, ‘तलको पानी माथि आएकैले हामी पिठ्युमा पानी बोक्नुपर्ने बाध्यताबाट टाढा गएका छौं ।’ जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा, मुसीकोट नगरपालिका प्रमुख देविलाल गौतम, कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसी लगायतको टोलीले उक्त योजना उद्घाटन गरेसंगै खानेपानी सुचारु भएको छ । हलहले, घुएलचौरका सर्वसाधारणले घरघरै पानी पाएका छन् ।

१० नम्बर वडा सदस्य धनबहादुर खड्काले लामो समयदेखि काकाकुल रहेको हलहले र घुएलपानीमा खानेपानी पुर्याइएको बताउनुभयो । ‘संख्या यति र उतिको कुरा भएन,’ वडा सदस्य खड्काले भन्नुभयो, ‘त्यहाँ हाम्रा जनता छन्, यसैले पनि योजना बनाएर सम्पन्न गरिएको हो ।’ रुकुम पश्चिम र रोल्पाको तलको भागबाट पिठ्यूमै पानी बोक्नुपर्ने बाध्यता अब सर्वसाधारणमा नरहेको उहाँले बताउनुभयो । आधारभुत आवश्यक्ताको रुपमा रहेको खानेपानीको सहज आपुर्ति भएपछि अब हलहले र घुएलपानीबासीले उक्त समय अरु काममा लगाउन सक्नेछन् ।

वडाध्यक्ष गोपेश्वर केसीले हलहले र घुएलपानीका घरघरमा खानेपानी पुर्याउन सकेकामा खुसी व्यक्त गर्नुभयो । यो हाम्रो चुनावी बाचा पनि थियो, जनताको आवश्यक्ता पनि थियो, यसैले वडाबाटै जोडबल गरेर यो योजना सफल भएको हो’, वडाध्यक्ष केसीले भन्नुभयो । वडाका महत्वपूर्ण र प्राथमिकतामा परेका योजनामध्यको यो एउटा भएको वडाध्यक्ष केसीको भनाई छ । प्रविधिको उपयोग गरेर तलको पानी माथि पुर्याइएपछि सर्वसाधारण जनता खुसी भएको वडाध्यक्ष केसीले बताउनुभयो ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १४:३३
#खानेपानी #सिंचाइ
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्