Kakhara सबैको खबर सम्पूर्ण खबर
१२ केजि अफिम सहित २ जना पक्राउ

रूकुम पश्चिममा ठुलो परिमाणमा अफिम सहित २ जना पक्राउ परेका छन् । जिल्लाको आठबीसकोट नगरपालिका वडा नं. ९, राडिबाट १२ केजि अफिम सहित जाजरकोटका २ व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-८, का मालबहादुर सिंह र सोहि ठाउँका कालिबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज बिहान ८:५० बजे राडी बजारका धिरेन्द्र शाहको घरमा बसिरहेका उनिहरूलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली, लागु औषध ब्यूरो सुर्खेतको टोली, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्ने क्रममा अफिम सहित पक्राउ गरेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update