अखिल क्रान्तिकारी कर्णालीकाे अध्यक्षमा शाही निर्वाचित, प्रमुख सचिवमा रूकुम पश्चिमका केसी
                            
                            
                                                        
                                                     
                                                                        नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कर्णाली प्रदेश अध्यक्षमा मानसिंह शाही निर्वाचित हुनुभएकाे छ ।
सोमबार वीरेन्द्रनगरमा भएको दोस्रो सम्मेलनबाट शाही निर्वाचित भएका हुनुुभएकाे हाे ।
यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा दैलेखका हिक्मतबहादुर शाही, उपाध्यक्षमा हिक्मत शाही (शिक्षा क्याम्पस), ध्रुव शाही, मनिषा चन्द, प्रकाश विक, टिकाराम विक र अजय विष्ट निर्वाचित हुनुभएकाे छ ।
यस्तै प्रमुख सचिवमा रूकुम पश्चिमका नारायण केसी, सचिवमा विष्णु भण्डारी, पदम शाही, शुक्रराज रावल र कोषाध्यक्षमा भुवन गौतम निर्वाचित हुनुभएकाे छ ।संगठनको प्रदेश कमिटी ७५ सदस्यीय बनाइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २२:१२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                 
                    -1761806698.jpeg) 
                     
                     
                     
                    

-1759842583.jpg)
 
                     
                     
                     
                     
                    