रुकुम पश्चिमको आठबिसकाेट नगरपालिकाले शिक्षकको काज सरूवा गरिदिएपछि एक विद्यालय बन्द गरिएको छ । वडा नम्बर १० को सरस्वती आधारभूत विद्यालय फलाँटेमा कार्यरत शिक्षक खिमला खनाल बस्नेतलाई नगरपालिकाले वडा नम्बर १० को सहिद स्मृति दीप ज्योति नमुना मावि राडिमा सरुवा गरेपछि विद्यालय बन्द गरिएको हो ।
असोज १० गतेको नगरकार्यपालिका बैठकले शिक्षक बस्नेतलाई काज सरुवा गरेको र विद्यालयमा रिक्त रहेको उक्त ठाउँमा कोही पनि शिक्षक नपठाएपछि अध्यापन गर्न कठिन भएपछि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कुसारीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिको मङ्सिर ४ गतेको निर्णय अनुसार काज सरुवा फिर्ता वा पदपूर्ति नहुँदासम्म मङ्सिर १२ गते मङ्गलवार देखि लागू हुने गरी विद्यालय बन्द गरिएको विव्यस अध्यक्ष कुसारीले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिले नै विद्यालय बन्द गरेपछि पठनपाठन ठप्प भएको छ ।



-1765202239.jpeg)

-1759842583.jpg)