Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगा गाउँपालिकामा माओवादी जीत नजिक 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षका लागि भएको निर्वाचनमा माओवादी केन्द्र जीतको नजिक पुगेको छ । माओवादीले १३ सय ४६ मतको अग्रता बनाएको छ । माओवादी केन्द्रकी नरपूरा बुढा पुनले काँग्रेस–एमालेकी केशकुमारी तुलाचन विरुद्ध अग्रता लिइरहनुभएको छ । १४ वडा रहेको यस गाउँपालिकाको हालसम्मको मतगणना अनुसार नरपूराले २६ सय २५ मत पाउनुभएको छ भने केशकुमारीले १२ सय ७९ मत पाउनुभएको छ । अब वडा नम्बर ६ देखि १० सम्मको मात्र मत गणना गर्न बाँकी रहेको बताइएको छ । यस गाउँपालिकामा २०७९ मा पनि माओवादी केन्द्रले नै जितेको थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update