Kakhara सबैको खबर सम्पूर्ण खबर
डिग्रे शाइकुमारी बचत तथा ऋण सहकारी संस्थाकाे मुनाफा एक करोड २० लाख 
साधारण सभामा सहभागि ।

डिग्रे शाइकुमारी बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारण सभा तथा सातौ अधिवेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खंलगामा शुक्रबार सहकारीले वार्षिक तथा आर्थिक प्रतिवेदन पेश गर्दै साधारण सभा सम्पन्न गरेकाे हाे । सहकारीको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष वेदराज शर्मा पोखरेलले प्रस्तुत गर्नुभएको थियो । भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मोहविर खड्काले गर्नुभएको थियो ।

संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा कुल तीन करोड सात लाख पचपन्न हजार दुई सय तिन रुपैयाँ आर्थिक कारोवार गरेकामा  एक करोड सतासी लाख पचपन्न हजार दुई सय तीन रुपैयाँ खर्च भएको कोषाध्यक्ष खड्काले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा संस्थाको १ करोड २० लाख रुपैयाँ खुद नाफा रहेको उल्लेख छ ।

२०६२ साल जेठ २५ गते स्थापना भएको सहकारीले केन्द्रिय कार्यालय खलंगा सहित ५ ठाउँबाट सेवा प्रवाह गरिरहेको छ । सेवा केन्द्र रुकुमकोट, झुल्नेटा, आठविसकोट र चौरजहारीबाट सेवा प्रवाह भइरहेको सहकारीले जनाएको छ । सहकारीमा पाँच हजार ५३ शेयर सदस्य रहेको सहकारीका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

साधारण सभाको अवसरमा संस्थामा आवद्ध सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । साधारण सभा तथा सातौ अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन गरिने बताएको छ । सहकारीका अध्यक्ष वेदराम शर्मा पोखरेलको अध्यक्षतमा भएको कार्यक्रममा  मुसिकोट नगर प्रमुख  महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै १ नम्बर वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, जिल्लामा संचालनमा रहेका अन्य सहकारीका प्रमुख तथा प्रतिधिनी लगायतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update