
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० अर्माका युवाहरु श्रमदान मार्फत ग्रामीण सडक निर्माणमा जुटेका छन् । स्थानीयहरुलाई आवातजावत गर्न सहज होस भन्ने उदेश्यले स्थानीय युवाहरु ग्रामीण सडक निर्माणमा जुटेका हुन् । अर्मामा रहेको सरस्वती माध्यामिक विद्यालयदेखि सार्कीटोल सम्मको १५ सय मिटर सडक श्रमदान मार्फत ट्रयाक खोल्ने काम शुक्रबारदेखि सुरु गरिएको स्थानीय खिमराज खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरुको दिन दश जना युवाहरुले श्रमदान गरेको थिए । भने आज पनि युवाहरु श्रमदानमा जुटेका छन् । उक्त सडक दश दिनमा सम्पन्न गर्ने गरी काम भइरहेको स्थानीय खड्काले जानकारी दिनुभयो । युवाहरुले सडकको ट्रयाक खोल्ने र बाँकी सडक स्तरउन्नतीको काम वडा सरकारले गर्ने खड्काले जानकारी दिनुभयो ।
सडकको ट्रयाक खोल्नेसँगै सवारी साधन आवातजवातमा पनि सहज हुने स्थानीयको अपेक्षा रहेकाे छ ।