एनपिएल
                                                        
                        
                
                                
                                    एनपिएल : लुम्बिनी लायन्सले चितवन राइनोजलाई दियाे  एक सय ६८ रनको लक्ष्य
                            
                            
                                                        
                                                    
                                                                        नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई जितको लागि एक सय ६८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६७ रनको योगफल तयार पारेको थियो ।
लुम्बिनीका लागि रोहितकुमार पौडेलले ५७ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा सर्वाधिक ८० रनको योगदान गरे भने साद बिन जफरले ३५ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाए । त्यस्तै अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाएका छन् । चितवनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक विकेट लिएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ११:५६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                    
                    
                    
                    
                    

-1759842583.jpg)