Kakhara सबैको खबर सम्पूर्ण खबर
साँख स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग 
सहयाेग गरिएका स्वास्थ्य सामग्री ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा रहेको साँख स्वास्थ्य चौकीलाई अत्यावश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरिएको छ । बिहिबार वान हार्ट वल्डवाइडको आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्रद्धारा संचालि स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवशिशु स्वास्थ्य सेवा सुढृढीकरण परियोजना मार्फत स्वास्थ्य सामग्री सहयोग गरिएको हो । एक कार्यक्रममा विच रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशनकुमार क्षेत्रीयाले साँख स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष धनमाया विकलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएकाे हाे ।

स्वास्थ्य चौकीलाई डेलिभरी बेड, रेडिन्ट वारमर, इमर्जेन्सी ट्रली, अक्सिजन सिलिन्डर, अटो क्लेब मेसिन तथा विभिन्न मात्रामा आवश्यक पर्ने प्रसुती सेटहरु सहयोग गरिएकाे वान हार्ट वाल्डवाइडका जिल्ला संयोजक लोकमणी गिरीले जानकारी दिनुभयो । अर्धबार्षिक रुपमा गरिएको स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड, अनुगमनका क्रममा आवश्यकता पहिचान गरी अत्यावश्यक पर्ने सुरक्षित प्रसुती सेवा सहज होस भन्ने उदेश्यले २ लाख ३४ हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको जिल्ला संयोजक गिरीले जानकारी दिनुभयो ।

रुकुमेली समाज विकास केन्द्रले यस अघिपनि मुसिकोट नगरपालिका १३ छिवाङ स्वास्थ्य चौकीमा २ लाख ८ हजार बरारको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । संस्थाले स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवशिशु स्वास्थ्य सेवा सृदृढीकरण परियोजना मार्फत जिल्लामा काम गरिहेको छ ।

सामग्री वितरण कार्यक्रममा स्वास्थ्य सेवा कार्यालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर केहलविक्रम जिसी, मुसिकोट नगर स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्री, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओली, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्र्मी लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो । 

WhatsApp-Image-2024-12-12-at-17.49.13_f9b73df9-1734006792.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update