 
                                                                        शुक्रवार भएको निर्वाचनबाट निर्वाचित नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको नयाँ टिमलाई कखरा डटकमले बधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । नव निर्वाचित अध्यक्ष गोपाल रेग्मी नेतृत्वको टिमलाई कखराले आज दोसल्ला ओढाएर तथा केक काटेर बधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको हो ।
एमपिसी मिडिया प्रालिद्वारा सञ्चालित कखरा डटकमले अध्यक्ष रेग्मी सहित खुला उपाध्यक्ष देवकुमार ओली, महिला उपाध्यक्ष सुमित्रा केसी, सचिव दीपेन्द्र महतारा, सह सचिव प्रचण्ड खत्री, समावेशी सह सचिव छिमा केसी, कोषाध्यक्ष सन्देश जैसी, सदस्य क्षितिज विश्वकर्मा र केन्द्रीय परिषद् सदस्य गणेश चिन्तन विकलाई बधाई ज्ञापन गरेको हो ।
एमपिसी मिडिया प्रालिका अध्यक्ष धनबहादुर खड्का, सम्पादक मनिष खड्का, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मेगराज खड्का, नेकपा माओवादी केन्द्रका मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्का लगायतले बधाई ज्ञापन गर्नुभएको थियो ।
एमपिसी मिडिया प्रालिका अध्यक्ष धनबहादुर खड्काले बधाई ज्ञापन गर्दै व्यावसायिक पत्रकारिताको विकास र पत्रकारको पेसागत हक हितका लागि काम गर्न नयाँ नेतृत्वलाई आग्रह गर्नुभयाे । नवनिर्वाचित अध्यक्ष गोपाल रेग्मीले जिल्लामा पत्रकारिताको विकास, पत्रकारको हक हित र व्यावसायिकता विकासका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
शुक्रवार भएको नेपाल पत्रकार महासङ्घको निर्वाचनबाट प्रेस सेन्टरको प्यानल नै विजयी भएको थियो । एक जना सदस्य बाहेक अन्य सदस्यमा भने उम्मेदवारी नपरेका कारण रिक्त रहेको छ । खाली पदमा पछि मनोनीत गरिने बताइएको छ ।


 
                                                 
                                                 
                                                 
                                                 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                    