
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पत्रकार महासंघ रुकुम पश्चिमको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । शनिवार नवनिर्वाचित कार्यसमितिको टिमलाई कार्यालयमा बोलाएर प्रशासनले बधाई तथा शुभकामना दिएको हो । नवनिर्वाचित नेतृत्वलाई निमित्त प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले दोसल्ला ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
साथै प्रशासनको तर्फबाट हुने सहयोगमा कुनै पनि कमी नहुने र सहकार्यलाई बढाएर जाने उहाँले बताउनुभयो ।समग्र जिल्लाको विकासका लागि मिलेर अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो । नवनिर्वाचित अध्यक्ष गोपालप्रसाद रेग्मीले नयाँ कार्यसमितिले सबैसँग समन्वय गरेर सबैको सल्लाह सुझाव अनुसार अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रशासनको तर्फबाट महासङ्घलाई साथ सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
त्यस्तै एमपिसी मिडियाद्वारा सञ्चालित कखरा डककमले पनि एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित शाखाको कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । साथै नवनिर्वाचित कार्यसमितिलाई प्रेस चौतारी, प्रेस सेन्टरले पनि बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।