Kakhara सबैको खबर सम्पूर्ण खबर
मदिरा सेवन तथा जुवातास खेल्न प्रतिवन्ध
बैठक पश्चात वडा अध्यक्ष आलीसँग सामुहिक फोटो खिच्दै आमा समुह ।

पछिल्लो सयय समाजमा बढ्दै गएको विकृति, विसंगती तथा अराजकतालाई न्युनिकरण गरी सभ्य समाज निर्माण गर्न रुकुम पश्चिमको एक स्वास्थ्य आमा समुह सक्रिय रुपमा लाग्ने निर्णय गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ बल्लेमा रहेको प्रगतिशिल स्वास्थ्य आमा समुह  सभ्य सामाज  निर्माण गर्न  सक्रिय रुपमा लाग्ने निर्णय गरेको हो । आमा समुहले सामाजमा हुने सामाजिक, सांस्कृतिक तथा अन्य कार्यक्रमहरुमा मदिराजन्य पदार्थ सेवन तथा जुवातास रोक लगाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको स्वास्थ्य आमा समुहको बैठकले समाजमा बढ्दै गएको विकृति, विसंगती तथा अराजकता न्यूनिकरण गर्न विवाह भोज, शुद्धिकार्य लगायत समाजमा हुने अन्य कार्यक्रमहरुमा मदिराजन्य पदार्थ सेवन तथा जुवातास खेल्न प्रतिवन्ध गर्ने निर्णय गरेकाे प्रगतिशिल स्वास्थ्य आमा समुहकी अध्यक्ष सुनिता ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आमा समुहले गरेको निर्णयलाई उलंघन गरेमा ५ हजार रुपैयाँ जरिवाना समेत गर्ने निर्णय  समुहले  गरेकाे छ ।  

सभ्य समाज निर्माण गर्न आमा समुहले गरेको निर्णय प्रगतिशिल रहेको उल्लेख गर्दै वडा अध्यक्ष सुन्दर ओलीले वडाको तर्फबाट आमा समुहले गरेको निर्णय कार्यान्वयनमा पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै आमा समुहको निर्णयलाई अटेरी गरी निर्णय विपरित कार्य गर्नेलाई वडाबाट प्रवाह हुने सेवा सुविधाबाट समेत बन्चित गरिने उहाँको भनाई छ । 


 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update