
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा माघ ४ गते राष्ट्रिय स्तरको चौथो सिस्ने रोड रेस प्रतियोगिता सञ्चालन हुने भएको छ । खुला महिला पुरुष र उमेर समूह अन्तर्गत दौड प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको आयोजना सिस्ने ट्रेल रेस र सिस्ने तेक्वान्दो डोजाङ्गले गरेको गरेका छन् ।
दौड प्रतियोगिता खुलातर्फ पुरुष २१ किलोमिटर तथा महिला १० किलोमिटर दुरी तोकिएको छ । प्रतियोगितामा विजेता हुनेले नगद ३५ हजार सहित मेडल प्रमाणपत्र, उपविजेता हुनेले नगद २३ हजार सहित मेडल प्रमाणपत्र र तेस्रो स्थान प्राप्त गर्नेले नगद १५ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । भने सान्त्वना हुनेले नगद ७ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्दा पाँचौँ देखी सातौँ स्थानसम्म प्राप्त गर्ने व्यक्तिले नगद २ हजार ५ सय सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । दर्ता शुल्क १ हजार रहेको छ ।
महिला खुलातर्फ प्रथम स्थान हासिल गर्नेले नगद २२ हजार सहित मेडल प्रमाणपत्र, दोस्रो स्थान प्राप्त गर्नेले नगद १५ हजार सहित मेडल प्रमाणपत्र, तेस्रो स्थान प्राप्त गर्नेले नगद १० हजार सहित मेडल प्रमाणपत्र र सान्त्वना स्थान प्राप्त गर्नेले ५ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै गर्दा पाँचौँदेखि सातौँसम्म स्थान प्राप्त गर्नेले नगद १५ सय सहित मेडल प्रमाणपत्र प्राप्त गर्ने सिस्ने ट्रेल रेस तथा तेक्वान्दो डोजाङ्गका अध्यक्ष नरेश पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार महिलाको दर्ता दर्ता शुल्क ५ सय रहेको छ ।
त्यस्तै उमेर समूहतर्फ ४० वर्ष देखि ५० वर्षसम्मका पुरुष तथा ३० देखि ४५ वर्षसम्मका महिलालाई समान प्रथम स्थान हासिल गर्नेलाई नगद ६ हजार सहित मेडल प्रमाणपत्र, दोस्रो स्थान प्राप्त गर्नेलाई ४ हजार नगद सहित मेडल प्रमाणपत्र, तेस्रो स्थान प्राप्त गर्नेलाई नगद २५ सय सहित मेडल प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना, पाँचौँ र छैटौँ स्थान प्राप्त गर्नेलाई समान १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ । दर्ता शुल्क ३ सय रहेको छ ।
बालबालिका १५ वर्षमुनिको दौड प्रतियोगिता तर्फ प्रथम स्थान हासिल गर्नेले नगद ६ हजार सहित मेडल प्रमाणपत्र, दोस्रो स्थान प्राप्त गर्नेले ४ हजार नगद सहित मेडल प्रमाणपत्र, तेस्रो स्थान प्राप्त गर्नेले नगद २५ सय सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । भने सान्त्वना, पाँचौँ र छैटौँ स्थान प्राप्त गर्नेलाई समान १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ । दर्ता शुल्क ३ सय रहेको छ । उमेर समूहको दौड प्रतियोगिता सहभागी हुन महिला पुरुषको हकमा नागरिकता र १५ वर्षमुनिका बालबालिकाहरूका हकमा लागि जन्म दर्ता पेस गर्नुपर्ने अध्यक्ष पुन मगरले जानकारी दिनुभयो । दौड आठविसकोट नगरपालिकाको सिमबाजार बाँके ज्यूला क्षेत्रमा सञ्चालन गरिनेछ । विजेता व्यक्तिले प्राप्त गर्ने पुरस्कारबाट २५ प्रतिशत कर कट्टी गरिने आयोजकले जनाएको छ ।