मृत्यु 
                                                        
                        
                
                                
                                    मलेसियामा गाडीको ठक्करबाट रुकुम पूर्वका एक पुरुषको मृत्यु 
                            
                            
                                                        
                                                    
                                                            मलेसियामा गाडीको ठक्करबाट एक रुकुमेलीको मृत्यु भएको छ । मंगलबार राती काम गर्ने स्थानदेखि कोठामा फर्किर्दै गर्दा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ मयाङका अन्दाजी ३५ वर्षिय पुर्णबहादुर ठकुरीको मृत्यु भएको हो । रोजगारीको सिलसिलामा मलेसिया पुग्नुभएका पूर्णबहादुरले मलेसियाको एसएसई कम्पनीमा काम गर्दै आउनुभएको थियो ।
उहाँको शव पोष्टमार्टको लागि अस्पतालमा राखिएको पूर्णबहादुरको कोठा नजिकै बस्ने रुकुम पश्चिमका छविलाल केसीले जानकारी दिनुभयो । घटनाको बारेमा घरपरिवारलाई जानकारी बनाएको र शव नेपाल पठाउने विषयमा अन्य साथीहरुसँग पहल भइरहको उहाँले बताउनुभयो ।
 
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  ११:५९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                                                
                    


-1759842583.jpg)