मृत्यु 
                                                        
                        
                
                                
                                    हिउँमा कठ्याङग्रिएर सानीभेरीका लोकराजको मृत्यु 
                            
                            
                                                        
                                                    
                                                                        रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ का एक ब्यक्तिको हिउँमा कठ्याङग्रिएर मृत्यु भएको छ । भारतको सिमलास्थित रुडुमा सानीभेरी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ३५ वर्षिय लोकराज विकको हिउँमा कठ्याङग्रिएर मृत्यु भएको हो । दुई दिनदेखि बेपत्ता भएका विकको आफन्तले खोजि गर्दा मंगलबार राती हिउँमा कठ्याङग्रिएको अवस्थामा शव फेला परेको स्थानीयले जनाएका छन् ।
लोकराज केहिदिन अघि तीन छोरी, श्रीमती र विरामी आमालाई लिएर उपचारकाे लागि भारत जानुभएको थियो । उहाँको भारतकाे रुडुमै अन्त्येष्टि गरिएको बताएको छ।
 
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ११:०२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                                                
                    


-1759842583.jpg)