Kakhara सबैको खबर सम्पूर्ण खबर
छ वटै पालिकामा माओवादी केन्द्रको अधिवेशन सुरु
मुसिकोट नगरपालिकामा सुरु भएको तेस्रो नगर अधिवेशनमा उपस्थित सहभागिहरु ।

नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमका छ वटै पालिकाहरु अधिवेशन सुरु भएको छ । आजबाट सुरु भएको अधिवेशन भोली आइतबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने छ । ३ नगरपालिका र ३ गाउँपालिका रहेको रुकुम पश्चिमका सबै पालिकाहरुमा अधिवेशन एकैदिन आज सुरु भएको माओवादी केन्द्रका प्रचार विभाग प्रमुख मेगराज खडकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिका अधिबेशनका लागि जिल्ला तहमै पहिलो पटक पालिका अधिबेशन कार्यविधी २०८१ बनेर जिल्ला समिति बैठकबाट पारित भई कार्यन्वनमा आएको छ । जसले अधिबेशन सहज र विधिसम्मत नेतृत्व चयनमा सहयोग गुग्ने विश्वास लिएको छ । जिल्लाका सबै ६ वटा पालिकामा अधिबेशन एकैमितिमा उत्सवको रुपमा आयोजना गरी सम्पन्न गरिने प्रचार विभाग प्रमुख खड्काले बताउनुभयो ।

पालिका अधिबेशन पहिलो पटक निर्वाचन प्रक्रियाबाट सम्पन्न हुन लागेका हुन । कार्यविधि अनुसार सबै पालिकामा निर्वाचन समिति गठन भएर प्रचलनमा आईसकेको प्रचार विभाग प्रमुख खड्काले जानकारी दिनुभयो । एक पदमा एक जनाको उम्मेदारी परेमा निर्वाचनको निर्विरोध चरणबाट घोषणा गरिने छ । भने एक पदमा एक भन्दा बढी उम्मेदवारी परेमा स्वत मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने गरिने बताएको छ । नगर तथा गाउँसमिति  सानो आकारको ७ पदाधिकारी सहित नगर समिति ५५ जना र गाउँ समिति ४५ जना भन्दा ठुलो संख्याको समिति नहुने पार्टीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update