माओवादी केन्द्र सिस्ने
नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका अध्यक्षमा पुनः खड्का
नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका रुकुम पूर्वको तेस्रो अधिवेशन सम्पन्न भएको छ । दुई दिनसम्म चलेको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न भएको हो । अधिवेशनबाट सर्वसम्मत रूपमा मन्सराम खड्काको अध्यक्षतामा पाँच जना पछि मनोनीत गर्ने गरी ४५ सदस्यीय पालिका कमिटी निर्वाचित भएकाे हाे ।
जसको उपाध्यक्षमा शान्तेबहादुर बिक, गोवर्द्धन बुढा र रेवन खड्का निर्वाचित हुनुभएको छ, भने सचिवमा करण केसी तथा सह-सचिवमा सुधन रेग्मी र कोषाध्यक्षमा आस्था बिक निर्वाचित भएको नेकपा माओवादी केन्द्र रुकुम पूर्वका जिल्ला संयोजक कुमारी बरालले जानकारी दिनुभयो । तीन स्थानीय तह रहेको जिल्लामा आइतबार भूमे गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको पार्टीले मङ्गलवार पुथाउत्तरगंगा गाउँपालिकामा अधिवेशन गर्दै छ ।
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१ १५:५८
प्रतिक्रिया दिनुहोस्