दुर्घटना
                                                        
                        
                
                                
                                    मोटरसाइकल दुर्घटनामा परी चौरजहारीका चिरञ्जीवीकाे मृत्यु 
                            
                            
                                                        
                                                     
                                                                        रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । आज बिहान २ बजेतिर भएको मोटरसाइकल दुर्घटनामा परी चौरजहारी नगरपालिका वडा नम्बर १ लामिछाने गाउँका ३२ वर्षीय चिरञ्जीवी लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चौरजहारी बजारबाट घर तर्फ गइरहेका लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले जानकारी गराउनुभयो । दुर्घटनामा परी घाइते भएका लामिछानेलाई उपचारका लागि चौरजहारी अस्पताल लगिएको तर डाक्टरले मृत घोषणा गरेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०८:३४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                -1761806698.jpeg) 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    